सयपत्री हाइड्रोपावरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 10:26:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सयपत्री हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २३ गते धुम्बाराहीको सूर्य केटरिङमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

(१) आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन बारे ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८ / ०७९ को नाफा नोक्सान हिसाव
तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु बारे छलफल गरी स्वीकृत गर्ने बारे ।

(३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्न लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (कम्पनी ऐन, २०६३ को दफा १११ (३) अनुसार बहालवाला लेखापरिक्षक डि.एन शाह एण्ड एशोसियट्स (D. N. Shah & Associates), चार्टड एकाउन्टेन्ट्स पुनः नियुक्ति हुन योग्य हुनुहुन्छ ।

(४) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने बारे ।

(५) लेखापरीक्षण समिति लगायत अन्य समिति वा उपसमितिको बैठक भत्ता निर्धारण गर्ने बारे ।

(६) विशेष प्रस्ताव : कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने बारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved