माछापुच्छ्रे क्यापिटलको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2022 | 09:30:02 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ  । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा मुख्य कम्पनी माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाज्यूको आतिथ्यमा साधारणसभा सम्पन्न भएको क्यापिटलले जनाएको छ ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.ब. २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ती, स्वतन्त्र संचालक नियुक्ती तथा नियमावलीमा गर्नुपर्ने आवश्यक संशोधनहरु पारित गरेको छ ।

हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको र कम्पनीले आगामी वर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, विशिष्टकृत लगानी कोष लगायतका थप सेवा सहित बजारमा आउने योजना रहेको जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved