नेपाल हाइड्रो डेभलपरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 09:56:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपर लिमिटेड Nepal Hydro Developer  ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते नक्सालको लिसारा रिसेप्सनमा सभा  आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९  को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १ करोड ५९  लाख ९६ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख  ४१  हजार  ९ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रहेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ । 

सभामा  अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षण विवरण सहित अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, ४ जना संचालकको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved