शिवम् सिमेन्टको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 09:58:52 AM मा प्रकाशित

laxmi  sunrise bank

शिवम् सिमेन्टले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते हेटौडाको होटेल सामनामा साधारणसभा बोलाएको हो 

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी ४ अर्ब ४० करोडको  १०.५३ प्रतिशतले हुन् आउने ४६ करोड ३३ लाख २० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

(१) कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ. व. २०७८ ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने ।

(२) लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको कम्पनीको वासलात तथा सोही मितिमा समाप्त भएको आ.व. २०७८/०७९ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धि अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

(३) कम्पनीको आ.व. २०७९/०८० को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) कम्पनीमा कायम शेयरधनीहरुलाई आ. व. २०७८/०७९ को मुनाफा रकमबाट चुक्ता पूँजी रु. ४,४०,००,००,०००। (चार अरब चालिस करोड मात्र ) को १०.५३% (दश दशमलव पाँच तिन) प्रतिशतका दरले हुन आउने रकम रु. ४६,३३,२०,०००। (छयालिस करोड तेत्तिस लाख विस हजार मात्र) नगद लाभांस ( लाभाँसमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

(५) कम्पनी ऐन २०६३ को दफा ९३ बमोजिम यस कम्पनीका आधारभूत शेयरधनी वा संचालक सम्बद्ध रहेको संस्थासँग तथा यसै संस्थासँग सम्बद्ध कम्पनीसँग गरेको कारोबार विवरणलाई अनुमोदन गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

(६) आगामी ४ वर्षे कार्यकालका लागी ( कम्तिमा एक जना महिला सहित) ५ पाँच जना संचालकहरुको निर्वाचन गरी सञ्चालक समिति गठन गर्ने ।

(७) विविध ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved