त्रिशुली जलविद्युत कम्पनीको साधारणसभा आह्वान, ६१ लाख ७५ हजार कित्ता शेयर निष्काशन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 10:29:37 AM मा प्रकाशित

laxmi  sunrise bank

त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २६ गते आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो।

 कम्पनीको सभामा संचालक समितिको तर्फबाट संचालक समितिका अध्यक्षद्वारा आ.व. २०७८ / ७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वासलात र आ.व. २०७८/७९ को नाफा / नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु सहित आ.व. २०७८ / ७९ को आर्थिक विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ।

सभामा कम्पनीको आ.व. २०७९/८० को वित्तीय विवरणहरुको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने  प्रस्ताव पेश हुने छ।

त्यस्तै विशेष प्रस्ताव अन्तर्गत कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा (घ) मा व्यवस्था भए बमोजिम जारी पूंजी रु. २ अर्ब ४७ करोड मध्येबाट समूह “ख” मा रहने सर्वसाधारण समूहको लागि छुट्याइएको शेयर निम्न बमोजिम निष्काशन गर्ने प्रस्ताव पेश हुने छ ।

 (१) आयोजना रहेको नुवाकोट र रसुवा जिल्लाका स्थानीय तहहरुलाई ५% अर्थात् १२,३५,००० कित्ता शेयर।

(२) आयोजना प्रभाबित क्षेत्र नुवाकोट तथा रसुवाका स्थानीय बासिन्दाहरुलाई १०% अर्थात् १२,३५,००० कित्ता शेयर ।

(३) जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले आयोजना रहेको नुवाकोट र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुले संस्थापना गरेका कम्पनीहरुलाई ५% अर्थात् २४,७०,००० कित्ता शेयर।

(४) शेयरधनी सम्झौता भएको बखत देखि शेयर निष्काशन गरेका बखतसम्म नेपाल विद्युत प्राधिकरण र नेपाल दुरसंचार कम्पनीमा कार्यरत कर्मचारीहरु ( संस्थाहरुको कर्मचारी संख्याको आधारमा समानुपातिक) लाई ५% अर्थात् १२,३५,००० कित्ता सेयर।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved