हिमालयन पावर पार्टनरको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2022 | 12:16:11 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन पावर पार्टनरले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते आम्रपाली ब्यांक्वेटमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

 सामान्य प्रस्तावहरुः
१. संचालक समितिको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने ।
२. वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा मिति २०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण सम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने ।
३. आर्थिक वर्ष २०७९ / ०८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।


विशेष प्रस्तावहरुः
१. कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको आर्थिक सहयोग रकम रु. २,१८,६०० लाई अनुमोदन गर्ने सम्बन्धमा ।
२. कम्पनीले आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा भन्दा बढी हुने गरी लिएको ऋण अनुमोदन गर्ने सम्बन्धमा । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved