इमर्जिङ नेपाल लिमिटेडको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 08:47:59 AM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिङ नेपाल लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते बानेश्वर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु।

सामान्य प्रस्तावहरु
१. आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७८/७९ को वार्षिक आर्थिक विवरण (२०७१ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. यस कम्पनीको सहायक कम्पनी होटल एलिस द बोण्डर इन लि. को आ.व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा ।
सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved