लुम्बिनी विकास बैंकको साधारणसभा आह्वान, मर्जर प्राप्तिको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 09:04:37 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते मंगलबार कालिकास्थान स्थित अमृतभोगमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ९ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड रहेको छ । सभाले ६ जना संचालकको निर्वाचन पनि गर्ने छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

साधारण प्रस्तावहरु :

१) आर्थिक वर्ष २०७८/ ७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण तथा तत् सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन २०६३ को दफा १११ वमोजिम आ.व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने । वर्तमान लेखापरीक्षक के. ए. एस. एसोसिएटस, चार्टड एकाउन्टेण्टस पुन: नियुक्तीको लागि योग्य हुनुहुन्छ ।

४) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८/७९ को मुनाफा तथा सञ्चित मुनाफा रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको ९% ले हुन आउने नगद लाभांश रु. २९,५५,८६,३२५ ९९ (अक्षरेपी उनान्तीस करोड पचपन्न लाख छयासी हजार तीन सय पच्चीस रुपैया र पैसा उनान्सय मात्र) बोनश शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनार्थ समेत गरी नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

५) संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको निर्वाचन गर्ने ।

६) कम्पनी ऐन २०६३ बमोजिम संस्थापक समुहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालक श्री लोमस मानन्धरको नियुक्ति अनुमोदन सम्बन्धमा ।

विशेष प्रस्ताव 

१) सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आर्थिक वर्ष २०७८/ ७९ को मुनाफा तथा सञ्चित मुनाफा रकम समेतबाट यस विकास बैंकको हाल कायम चुक्ता पूँजीको ३% ले हुन आउने रकम रु. ९,८५,२८,७७५३३ (अक्षरेपी नौ करोड पचासी लाख अठ्ठाइस हजार सात सय पचहत्तर रुपैंया र पैसा तेत्तीस मात्र) बराबरको वोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

 २) विकास बैंकको जारी तथा चुक्ता पूँजी रु.३,२८,४२,९२,५१० ९९ (अक्षरेपी तीन अर्ब अठ्ठाईस करोड वयालीस लाख वयान्नव्वे हजार पाँच सय दश रुपैया र पैसा उनान्सय मात्र) रहेकोमा वोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पूँजी रु. ३,३८,२८,२१,२८६।३२ (अक्षरेपी तीन अर्ब अड़तीस करोड अठ्ठाइस लाख एक्काईस हजार दुई सय छयासी रुपैया र पैसा बत्तीस मात्र ) पुयाउने विशेष प्रस्ताव पारित गर्ने ।

३) वोनस शेयर जारी पछि कायम हुने जारी तथा चुक्ता पूँजी वमोजिम यस विकास बैंकको प्रबन्धपत्रको दफा ५ को (ख) र (ग) मा आवश्यक संशोधन गर्ने । यस सम्बन्धमा नियमनकारी निकायहरुवाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

४) सञ्चालकहरुको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धमा नियमावलीको नियम २९ (१) (ख) नियम २९ (१) (ग), नियम २९ (१) (ग) (इ) र नियम २९ (१) (घ) मा आवश्यक संसोधन गर्ने र नियम २९ (१) (ङ) थप गर्ने । यस सम्बन्धमा नियमनकारी निकायहरुवाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन, संशोधन, भाषागत लगायत अन्य सुधार समेतका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

५) यस विकास बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थामा गाभ्ने/गाभिने वा एक्विजिसन ( प्राप्ती) सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारण गर्न लगायत अन्य सम्पुर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved