युनाईटेड इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 09:12:59 AM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते बुधबार शंखमुल स्थित अनमोल ब्याक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन्।

कम्पनीले आर्थिक वर्ष ७८/७९  को मुनाफाबाट  हाल कायम रहेको चुक्ता पूँजी रु १,०२,८१,६०,०००/- को ५ प्रतिशतका दरले हुने बोनस शेयर  र  ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारण सभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । 

सामान्य प्रस्तावहरु :

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत गर्ने आ.व. २०७८ ७९ को वार्षिक प्रतिवेदन पारित गर्ने बारे ।

२) लेखापरीक्षण प्रतिवेदन सहित आ व २०७८ ७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने बारे ।

३) आ.व. २०७९/८० को हिसाब किताब लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने बारे ।

विशेष प्रस्ताव :
१) संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. ५,१४,०८,०००/- बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ० २६३२ प्रतिशतका दरले हुने रु. २७,०५,६८४ / २१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने बारे ।

२) कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने बारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved