एचआईडिसीएलको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 09:52:10 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २६ गते थापागाउँ स्थित अर्पण ब्यान्क्वेटमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।  

कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव:

१) आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३) श्री महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चालु आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) कम्पनीको स्वतन्त्र सञ्चालक पदमा १ (एक) जना नियुक्त गर्ने ।

विशेष प्रस्ताव

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ५.००% (पाँच प्रतिशत) का दरले हुने रू. १,०६,३८, १३,३७५/- (अक्षरेपी एक अर्ब छ करोड अड़तीस लाख तेह्र हजार तीन सय पचहत्तर मात्र) बराबरको बोनस शेयर र चुक्ता पूँजीको ०.२६३% (शून्य दशमलव दुइ छ तीन प्रतिशत) का दरले हुने रू. ५,५९,१०,१७७/६३ (अक्षरेपी पाँच करोड उनान्साठी लाख नब्बे हजार एक सय सतहत्तर रुपैयाँ त्रिसठ्ठी पैसा मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने । (कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा (२) मा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको कम्पनीले नेपाल सरकारको पूर्व स्वीकृति लिएर मात्र लाभांश वितरण गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले प्रस्तावित वोनस शेयर र नगद लाभांश नेपाल सरकारको स्वीकृति प्राप्त भए पश्चात मात्र वितरण गरिनेछ ।

२) कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।

३) कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने ।

४) कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा कम्पनीबाट अटिज्म भएका बच्चाहरुको अवस्था सुधारका कार्यक्रमका लागि अभानी फाउण्डेशन, काठमाण्डौलाई रु. ४ लाख सहयोग रकम भुक्तानी भएकोमा सो को अनुमोदन गर्ने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved