फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2022 | 04:06:42 PM मा प्रकाशित

laxmi  sunrise bank

फर्स्ट माइक्रोफाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ३० गते शनिवार आम्रपाली ब्याक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव।

साधारण प्रस्ताव

१)आर्थिक वर्ष २०७८ / ७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण ( वासलात) तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३) सञ्चालक समितिवाट प्रस्ताव गरिएको यस संस्थाको चुक्ता पुँजीको १ प्रतिशतले हुने ९६,४४,९२४।- ( अक्षरेपि छयानब्बे लाख चवालिस हजार नौ सय चौविस मात्र) नगद लाभांश (कर प्रयोजनको लागी) पारित गर्ने ।

४) कम्पनीको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) संस्थापक शेयरधनी (समुह 'क') को तर्फवाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

 विशेष प्रस्ताव

६)संचालक समितिबाट प्रस्ताव गरे अनुसार यस संस्थाको चुक्ता पुँजीको १९ प्रतिशतले हुने रु. १८,३२,५३,५५६।- (अक्षरेपि अठार करोड बत्तिस लाख त्रिपन्न हजार पाँच सय छपन्न मात्र ) बोनस शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

७)कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी रु.९६,४४,९२,४०० (अक्षरेपी छयानब्बे करोड चवालीस लाख बयानब्बे हजार चार सय) बाट बृद्धि गरी रु. १,१४,७७, ४५,९५६ (अक्षरेपी एक अर्व चौध करोड सतहत्तर लाख पैतालीस हजार नौ सय छपन्न) पुयाउने ।

८) उपरोक्त प्रस्तावहरु बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने तथा सोही सम्बन्धमा नियमनकारी निकायबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

९)फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र अन्य कुनै लघुवित्त वित्तीय संस्था गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने / गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved