नबिल बैंकको साधारणसभा आह्वान, अधिकृत पुँजी २८ अर्ब पुर्याउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 08:54:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते गैरीधाराको सिल्भर ओक ब्यानक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ 

बैंकले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव:

सामान्य प्रस्ताव
१. सञ्चालक समितिको प्रतिवेदन २०७८ / ७९ पारित गर्ने,

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०७५ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने,

३. यस बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लि., नेपाल बङ्गलादेश क्यापिटल लिमिटेड, एनबिबिएल सेक्युरिटिज लिमिटेडको आ.व. २०७८ / ७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने,

४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ आषाढ मसान्तमा कायम रहेको चूक्ता पूँजीको ११.५० प्रतिशत दरले हुन आउने रू.२,६२,५७,८४,४९२ / ६८ बराबरको नगद लाभांश वितरण स्वीकृत गर्ने,

५. आ.ब. २०७९ / ८० (२०२२ / २३) को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३(२) अनुसार वर्तमान लेखापरीक्षक SAR Associates Chartered Accountants र PJ.P.N & Co. Chartered Accountants पुनः नियुक्त हुन योग्य हुनुहुन्छ),

६. संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ (तीन) को निर्वाचन गर्ने ।

विशेष प्रस्ताव
१. बैंकको अधिकृत पूँजी वृद्धि गरी रू.२८,००,००,००,०००/- (अक्षरेपी अठ्ठाइस अर्ब) पुऱ्याउने,

२. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम रू. ४,२२,४०,८८,०९६ / ९२ बराबरको बोनस शेयर अर्थात् चुक्ता पूँजीको १८.५० प्रतिशत (प्रत्येक १०० शेयर बराबर १८.५० बोनस शेयर जारी गरी बैंकको जारी तथा चुक्ता पूँजी बृद्धि गरी रू. २७,०५,६९,९६, ७२९ / २६ पुऱ्याउने,

३. बैंकको प्रबन्धपत्रको दफा ५(१) ५(२) र ५(३) तथा नियमावलीको नियम ३१(२), ३१(३) र ३१ (४) को संशोधन स्वीकृत गर्ने तथा प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदलको सुझाव प्राप्त भएमा आवश्यक परिमार्जन, संशोधन तथा समायोजन गर्न सञ्चालक समिति (वा समितिले तोकेको व्यक्ति) लाई अख्तियारी दिने,

४. आ.व. २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) को प्रयोजनका लागि अनुमोदन गर्ने,

५. नविल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था(हरु) एक आपसमा गाभ्न / गाभिन (मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याङ्गनका लागि मूल्याङ्गनकर्ता नियुक्त गर्न, गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved