शेयरबजारमा उत्साह: ५ अर्ब बढीको कारोबार, होटेल समुहमा लगानीकर्ताको आकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2023 | 03:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १८.०९ अंकले बढेर २१४३.९३ को बिन्दुमा  पुगेर रोकिएको हो 

आज कारोबारमा आएका २५९ कम्पनीका १ करोड २५ लाख ८१ हजा ९ सय ८२ कित्ता शेयर खरिदबिक्रिबाट ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९ सय ३७ रुपैयाँ ०९ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ४३ करोड १९ लाख, रिडी हाइड्रोको २१ करोड ४१ लाख, हिमाल दोलखा हाइड्रोको ११ करोड ८४ लाख, एनआईसी एसिया बैंकको ११ करोड ८४ लाख तथा नेपाल पुनर्बीमा कम्पनीको १० करोड बराबरको कारोबार भएको छ 

आज कारोबारमा आएका मध्ये आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सर्वाधिक ३.०३ प्रतिशत घटेको छ भने मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य २.८८ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य २.८२ प्रतिशत घटेको छ 

आज कारोबारमा आएका मध्ये १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर छ 

आज कारोबारमा आएका मध्ये वाणिज्य बैंक र अन्य समुह बाहेकका सबै सूचक बढेका छन् । होटेल तथा टुरिजम समुह सर्वाधिक ५.७५ प्रतिशत बढेको छ । बैंकिंग समुह भने ०.३१ प्रतिशत घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved