सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 06:18:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंक लिमिटेडकोे एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बिहिबार  भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा बैंकको साधारणसभा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु. १२,५२,४४,२६,८३१÷– (अक्षरेपी बाह्र अर्ब बाउन्न करोड चौवालीस लाख छब्बीस हजार आठ सय एकतीस रुपैँया मात्र) को १२.५० प्रतिशत बराबर रु. १,५६,५५,५३,३५४÷– (अक्षरेपी एक अर्ब छपन्न करोड पचपन्न लाख त्रिपन्न हजार तीन सय चौवन्न रुपैंया मात्र) बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर रु. ८,२३,९७,५४५÷– (अक्षरेपी आठ करोड तेईस लाख सन्तानब्बे हजार पाँच सय पैतालीस रुपैंया मात्र) को नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved