इमर्जिङ्ग नेपालको साधारणसभा सम्पन्न, विकास सिलवाल संचालक नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 06:48:59 PM मा प्रकाशित

laxmi  sunrise bank

इमर्जिङ्ग नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंमा बिहीबार सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७८÷७९ को वार्षिक आर्थिक विवरण, कम्पनीको सहायक कम्पनी “होटल एलिस द वोण्डर इन लि.” को आ.व. २०७८÷७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै, कम्पनीले आर्थिक वर्ष २०७९।८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा विकास सिल्वाललाई निर्विरोध निर्वाचित समेत गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved