नेपाल क्लियरिङ्ग हाउसको वार्षिक साधारणसभा सम्पन्न, ७८ करोड पुग्यो पुँजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2023 | 07:35:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७८÷७९ को आफ्नो एघारौं वार्षिक साधारण सभा  सम्पन्न गरेको छ । काठमाडौँमा आज सम्पन्न साधारणसभाले  ३८% बोनस शेयर वितरण गर्ने तथा बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस पश्चात कम्पनीको चुत्ता पुँजी ७८ करोड ३३ लाख ७५ हजार हुनेछ।

कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको पूर्वाधार विस्तार गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ । 

आ.व. २०७८÷७९ मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या ५७% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ४०% ले बृद्धी भएको छ । आर्थिक वर्षको अन्त्यमा जम्मा इक्विटीमा २४.५% प्रतिफल प्राप्त गर्न सफल भएको छ भने  नेटवर्थ प्रति शेयर रु.२५५ कायम भएको छ ।   नेपाल राष्ट्र बैंक, वाणिज्य बैंकहरु, विकास बैंकहरु र फाइनान्स कम्पनीहरु मार्फत प्रवद्र्धित यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved