नेपाल बैंकको लाभांश पारित, ३ जना लेखापरीक्षक पनि नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 05:32:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको ६३औँ वार्षिक साधारणसभा १२ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ । 

बैंकका सञ्चालक समिति अध्यक्ष गंगाप्रसाद ज्ञवालीको सभापतित्वमा आयोजना भएको बैंकको ६३ औं वार्षिक साधारणसभा बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गर्दै सम्पन्न भएको हो ।

सभाले हालको चुक्ता पूँजी रु.१४,४०,५९,०४,८३१/३० को २ (दुई) प्रतिशतका दरले हुन आउने रु.२८,८१,१८,०९६/६३ (अक्षेरुपी अठ्ठाईस करोड एकासी लाख अठार हजार छयानब्बे र त्रिसठ्ठी पैसा मात्र) रकम बराबरको बोनस शेयर र चुक्ता पूँजीको १० (दश) प्रतिशतका दरले हुन आउने रु.१,४४,०५,९०,४८३/१३ (अक्षेरुपी एक अर्ब चौवालिस करोड पाँच लाख नब्बे हजार चार सय त्रियासी र तेह्र पैसा मात्र) रकम बराबरको नगद लाभांश  (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै, बोनस शेयर वितरणबाट बैंकको साविक जारी तथा चुक्ता पूँजीमा वृद्धि गरी रु.१४,६९,४०,२२,९२७/९० (अक्षेरुपी चौध अर्ब उनन्सत्तरी करोड चालिस लाख बाईस हजार नौ सय सत्ताईस र नब्बे पैसा मात्र) कायम गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९÷८० का लागि चार्टर्ड एकाउण्टेण्ट त्रय नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र सुनिर कुमार ढुंगेललाई लेखापरीक्षकमा नियुक्त गर्ने लगायत साधारण सभामा पेश भएका अन्य प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved