आइ.सि.एफ.सि.फाइनान्सको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2023 | 05:53:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आइ.सि.एफ.सि.फाइनान्स लिमिटेडले आफ्नो १९औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

उक्त साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत (५ प्रतिशत बोनश शेयर तथा ५ प्रतिशत नगद लाभांश) लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।

वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा एन.अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।

चुक्तापू“जी रु.एक अर्ब बाह्र करोड एकहत्तर लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा तथा १ एक्सटेन्सन काउन्टर र २० वटा ए.टि.एम मार्फत सेवा दिँदै आएको छ ।

यस फाइनान्सले चालु आ.व. सम्म १८ अर्ब ७७ करोड निक्षेप संकलन र १३ अर्ब ८८ करोड कर्जा प्रवाह गरिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved