मौद्रिक नीतिको समीक्षाको लागि लगानीकर्ता संघबाट संयुक्त रुपमा ४ बुँदे सुझाव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 10:33:41 PM मा प्रकाशित

laxmi  sunrise bank

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाको लागि शेयर लगानीकर्ताका ३ वटा संघहरुले संयुक्त रुपमा राष्ट्र बैंकमा सुझाव पेश गरेका छन् । आज बिहिबार नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा ४ बुँदे सुझाव पेश गरेका हुन् ।

राष्ट्र बैंकको अनुसन्धान विभागमा पेश गरिएको सुझाव पत्रमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तार प्रसाद फुल्लेल र नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले हस्ताक्षर गरेका छन् । सुझाव पेश गर्दै संघहरुले खस्कदो अवस्थामा रहेको पुँजीबजारलाई पुनरुत्थान गरिदिन आग्रह गरेका छन् । त्यस्तै शेयर लगानीकर्ताहरुले राज्यबाट उचित संरक्षण र सुरक्षाको प्रत्याभूति नपाएको संघहरुले उल्लेख गरेका छन्।

यस्ता छन् ४ बुँदे सुझाव : 

१) १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं।

२) आ.व. २०७९/८० को आषाढ १ गते देखि शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौ ।

३) विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्गमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

४) तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved