ज्योति विकास बैंकको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2023 | 08:30:53 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १४ गते काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र ३.८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २९ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्ताव :

१) आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंक लि. को २०७९ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३) यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०७८ / ७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) छलफल गरी पारीत गर्ने ।

४) लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशत नगद लाभांश जम्मा रु. १६,२१, ७४,६२५/- (अक्षरेपी सोह्र करोड एक्काइस लाख चौहत्तर हजार छ सय पच्चिस मात्र) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

विशेष प्रस्ताव

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने जम्मा रु. १२,८०,३२,५९९/- (अक्षरेपी बाह्र करोड असी लाख बत्तिस हजार पाँच सय उनान्सय मात्र) रकम बराबरको बोनश शेयर स्वीकृत गर्ने र सोही हदसम्म जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने । बोनस शेयर जारी पश्चात कायम हुन आउने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने ।

२) यस विकास बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) गर्ने सन्दर्भमा समझदारीपत्र (Memorandum of Understanding) तर्जुमा गर्ने, अन्य प्रक्रिया पुरा गरी सोमा हस्ताक्षर गर्ने, सम्पूर्ण चल अचल सम्पत्ति (Assets) र दायित्व (Liabilities) मूल्याङ्कन ( Due Diligence Audit) गर्न मूल्याङ्कनकर्ता लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायत गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) सम्बन्धमा प्रचलित कानून बमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

३) उपरोक्त उल्लिखित विषयहरुका सम्बन्धमा विकास बैंकको प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनमा नियमनकारी निकायहरुबाट संशोधन, परिवर्तन वा थप घट गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थप / घट सहित आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved