५० प्रतिशत लाभांश प्रस्ताव गरेको महिला लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 10:23:44 AM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २१ गते धुलिखेलको आगन्तुक रिसोर्टमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद गरि कुल ५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ५ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ४ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

 साधारण प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आ.व. २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी रु. १४,७५,००,०००/- को २.५% ले हुने रकम रु. ३६,८७,५००/- कर प्रयोजनका लागि मात्र नगद लाभांस वितरण गर्ने प्रस्ताव माथि छलफल गरी पारित गर्ने ।

४. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०७३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने (यस प्रयोजनका लागि वर्तमान लेखापरिक्षक श्री भट्ट एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्स काठमाडौंलाई पूनः नियुक्त हुन सक्नेछन् ।)

विशेष प्रस्तावहरु :
१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८/ ७९ को मुनाफबाट चुक्ता पुँजी रु.१४,७५,०००,००/- को ४७.५ प्रतिशतले हुने रकम रु.७,००,६२,५००/- वोनश शेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने ।

२. वित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धमा ।

३. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरुलाई संशोधन गर्ने ।

४. यस वित्तीय संस्थाले अन्य इजाजतप्राप्त "घ" बर्गका लघुवित्त संस्थाहरुलाई गाभिने / गाभ्ने, प्राप्ति - एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन (Due to Diligence Audit DDA) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने प्राप्ति एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारीपत्र (Memorandum of Understanding ) तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

५. वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरुबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिर्माजन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पुर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved