मिथिला लघुवित्तको साधारणसभा आह्वान, शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2023 | 10:55:14 AM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १७ गते धनुषाको मिथिला नगरपालिका लालगढ स्थित न्यु बौवा होटेल एण्ड गेस्टहाउसमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद गरि कुल १५.७८९ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ५ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ४ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् सभामा पेश हुने प्रस्ताव: 

साधारण प्रस्ताव: 

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने चौधौं वार्षिक प्रतिवेदन आ.व. २०७८ / ०७९ उपर छलफल तथा पारित गर्ने ।

२. आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, मिति २०७८/०४/०१ देखि २०७९ / ०३ / ३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण एवं सो संग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि आ.व. २०७८/०७९ को मूनाफाबाट शेयरधनीहरुलाई २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता शेयर पूँजी रु.१७ करोड ०४ लाख ३७ हजार १७८ दशमलव ७५ को ०.७८९४७३६८१ ( दशमलव सात आठ नौ चार सात तीन छ आठ एक) प्रतिशत रकम रु.१३,४५,५५६.६७ (तेह्र लाख पैतालीस हजार पाँच सय छपन्न दशमलव छ सात मात्र) नगद लाभांश वितरण गर्ने तथा उक्त रकम संस्थाले बुझाउने प्रस्ताव पारित गर्ने ।

४. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७९ / ०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव:

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.१७ करोड ०४ लाख ३७ हजार १७८ दशमलव ७५ को १५ (पन्ध्र) प्रतिशतले हुने रु.२,५५,६५,५७६.८१ ( दुई करोड पचपन्न लाख पैसट्ठी हजार पाँच सय छयहत्तर दशमलव आठ एक मात्र) बराबरको बोनश शेयर लाभांश वितरण गर्न स्वीकृत गर्ने र सोहि हदसम्मको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने ।

२. यस वित्तीय संस्थाको चौधौं वार्षिक साधारण सभाबाट हाल सम्म कायम कूल चुक्ता पूँजी रु.१७ करोड ०४ लाख ३७ हजार १७८ दशमलव ७५ को १५ (पन्ध्र) प्रतिशतले हुने रु.२,५५,६५,५७६.८१ (दुई करोड पचपन्न लाख पैसट्ठी हजार पाँच सय छयहत्तर दशमलव आठ एक मात्र) आ.व. २०७८ / ०७९ को प्रस्तावित बोनश शेयर लाभांश जारी गरे पश्चात यस वित्तीय संस्थाको कूल जारी पूँजी र चुक्ता पूँजी रु.१९ करोड ६० लाख ०२ हजार ७५५ दशमलव ५६ (अक्षरेपी उन्नाइस करोड साठी लाख दुई हजार सात सय पचपन्न रुपैया छपन्न पैसा मात्र ) पुयाउन प्रस्ताव पारित गर्ने ।

३. सञ्चालक समितिमा २ जना सञ्चालक (संस्थापक र सर्वसाधारण प्रत्येक समूहबाट १ / १ जना) प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने ।

४. यस वित्तीय संस्थाको कार्यक्रमलाई विस्तार गर्न हाल कायम रहेको अधिकृत पूँजी २० करोडमा रु. १० करोड थप गरी जम्मा रु.३० करोड पुऱ्याउने प्रस्ताव पारित गर्ने ।

५. यस वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरे बमोजिम (अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने एवं अन्य दफा तथा नियमहरुमा आवश्यक) संशोधन गर्ने ।

६. यस वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायवाट कुनै संशोधन वा परिमार्जन वा फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो अनुरुप गर्नका लागि सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

७.सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरु र अन्य समितिका सदस्यहरुको बैठक भत्ता बृद्धि गर्ने प्रस्ताव पारित गर्ने ।

८. यस वित्तीय संस्थाको हाल कायम रहेको जारी पूँजीको ६० प्रतिशत संस्थापक शेयरधनी समूहको र ४० प्रतिशत सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व रहेकोमा सो संरचना ५१ प्रतिशत संस्थापक शेयरधनी समूहको र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी समूहको शेयर स्वामित्व हुने गरी पूँजीको संरचना परिवर्तन गर्ने र सोही बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहबाट सञ्चालकको प्रतिनिधित्व गर्ने व्यवस्था सम्बन्धी प्रस्ताव पारित गर्ने ।

९.यस वित्तीय संस्था एक वा एक भन्दा बढी उपयुक्त लघु वित्तीय संस्थाहरुसंग एक आपसमा मर्ज (गाभ्ने गाभिने) वा एक्विजीसन (प्राप्ति गर्ने / गराउने) आवश्यक भएको अवस्थामा सो कार्य गर्न साधारण सभाबाट सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved