ग्लोबल आईएमई लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १२ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 10:03:16 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २४ गते पोखराको लेकसाइड स्थित बेस्ट रिसोर्ट नेपालमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव:

१. आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७०/०७९ को आषाढ मसान्तसम्मको वासलात, नाफा/
नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, इक्विटीमा भएको परिवर्तन तथा सोही अवधिको नगद प्रवाह विवरण र लेखा सम्बन्धी नीतिहरु तत् सम्बन्धी अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनीको आ.व. २०७९/०८० को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । 

४. वित्तीय संस्थाको सर्वसाधारण समूह (समूह ख ) अर्न्तगतको २ जना सञ्चालकहरुको निर्वाचन गर्ने । 

५.बोनस शेयर वापत लाग्ने कर प्रयोजन सहित हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने रु.४,४२,०७,१४६.०८ (अक्षरेपिः चार करोड बयालिस लाख सात हजार एक सय छयालिस र पैसा आठ मात्र) नगद लाभांश स्वीकृत गर्ने सम्बन्धमा ।

६. स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने सम्बन्धमा ।


विशेष प्रस्ताव:

१. सञ्चालक समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आ.व. २०७८/०७९ आषाढ मसान्त सम्मको वितरणयोग्य मुनाफाबाट कुल चुक्ता पूँजी रु.५५,२५,८९,३२६/- (अक्षरेपि पचपन्न करोड पच्चिस लाख उनानब्बे हजार तीन सय छब्बिस रुपैयाँ मात्र) को १२ प्रतिशतले हुने बोनस शेयर रकम रु.६,६३,१०,७१९.१२(अक्षरेपि छ करोड त्रिसठ्ठी लाख दश हजार सात सय उन्नाइस र पैसा वाह मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने, साथै बोनस शेयर जारी गर्दा दशमलब पछिको शेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ मा भएको पूँजी संरचना सम्बन्धी व्यवस्थाको खण्ड (ख) र (ग) मा भएको कम्पनीको चुक्ता पूँजी तथा जारी पूँजी वृद्धि गर्ने ।

३. प्रबन्धपत्रको दफा ५ मा रहेको वित्तीय संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरुमा इनवार्ड रेमिट्यान्स (Inward Remittance) सम्बन्धी कार्यहरु गर्न खण्ड (प) थप गर्ने ।

४. संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता तथा मूल्याङ्कनकर्ता नियुक्ति गर्ने लगायतका आवश्यक कार्यहरु गर्न/गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

५. कम्पनी ऐन, २०६३ को दफा १०५ मा भएको व्यवस्था बमोजिम संस्थाले आफ्नो नियमित व्यवसायिक कारोवारको शिलशिलामा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफा (फ्रि रिजर्भ ) को जम्मा रकम भन्दा बढि हुने गरि कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थावाट ऋण लिन सक्ने अख्तियारी संञ्चालक समितिलाई दिने।


६.वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने वा परिमार्जन गर्ने वा फेरबदल गर्ने वा थप गर्ने क्रममा कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक लगायतका नियामक निकायहरुबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सो सम्बन्धी संशोधन कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved