बरुण हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् प्रस्तावहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 08:56:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन २८ गते आइतबार अनामनगरको युनियन हाउसमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

(१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आ.व २०७८ / ०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने सम्बन्धमा ।

(२) आ.व. २०७८ / ०७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने सम्बन्धमा ।

(३) आ. व. २०७९/०८० को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

(४) आ.व. २०७८/७९ मा संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्ने । 

 (५) कम्पनीले गरेका लगानी स्वीकृत गर्ने साथै लगानी सम्बन्धी संचालक समितिलाई अख्तीयारी दिने सम्बन्धमा ।

(५) संस्थापक शेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने वा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने गरी संचालकहरुको निर्वाचन गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved