सपोर्ट लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 12:51:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ४ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ११ प्रतिशत बोनस शेयर र ०.५७८९  प्रतिशत नगद गरि कुल ११.५७८९  प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १८ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

 सामान्य प्रस्तावहरु :

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ. व. २०७८ / ०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्न प्रस्ताव पेश गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आ. व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिर्वतन सम्बन्धी विवरण र सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्न प्रस्ताव पेश गर्ने ।

(३) आ.व.२०७९/०८० का लागि बाहृय लेखापरीक्षक नियुक्त गर्न र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव पेश गर्ने ।

(४) आ.व. २०७८/०७९ को मुनाफाबाट ०.५७८९४७३७ प्रतिशत नगद लाभाश (बोनस शेयरको कर प्रयोजनार्थ) रु. ४,९६, ७३६ ८४ (अक्षरेपी चार लाख छयानब्बे हजार सात सय छत्तिस रुपैयाँ चौरासी पैसा मात्र) वितरण गर्न प्रस्ताव पेश गर्ने ।

(५) सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूह ( समूह "ख" ) बाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक पदको निर्वाचन गर्ने ।

विशेष प्रस्तावहरु :

(१) वित्तीय संस्थाको प्रबन्ध पत्रको दफा ६ (ख) मा हाल कायम रहेको जारी शेयर पुँजी र ६ ( ग ) मा हाल कायम रहेको चुक्ता शेयर पुँजी रू.८,५८,००,००००० (अक्षरेपी आठ करोड अन्ठाउन्न लाख मात्र) बाट वृद्धी गरी रु ९,५२,३८,०००।०० (अक्षरेपी नौ करोड बाउन्न लाख अड्तिस हजार मात्र) पुऱ्याउन प्रस्ताव पेश गर्ने ।

(२) आ.व. २०७८/०७९ तथा सो अघिका सञ्चित मुनाफाबाट चुक्ता पुँजी रु ८,५८,००,०००।०० को ११ प्रतिशतले हुने रु ९४,३८,०००oo (अक्षरेपी चौरानब्बे लाख अड्तिस हजार मात्र) बोनस शेयर वितरण गर्न प्रस्ताव पेश गर्ने ।

(३) यस लघुवित्त वित्तीय संस्था तथा अन्य कुनै उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ती गर्ने / प्राप्ती भई जाने सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पेश गर्ने ।

(४) माथि उल्लेखित विशेष प्रस्तावहरु पारित भए पश्चात यस वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा सोही सम्बन्धमा नियमनकारी निकायहरुबाट भएको निर्देशनलाई समेत समावेश गरी संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पेश गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved