डिप्रोक्स लघुवित्तले समान हैसियतमा आदर्श लघुवित्तलाई गाभ्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2023 | 09:23:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रियामा रहेका डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्तले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले फागुन ३० गते साधारणसभा आह्वान गरेका हुन् ।

आदर्श लघुवित्तको साधारणसभा बनेपा स्थित गौतम भिलेज रिसोर्टमा हुने छ भने डिप्रोक्सको साधारणसभा सौराहा स्थित होटेल सेभन स्टारमा हुने छ । दुवै कम्पनीको साधारणसभामा लाभांश प्रस्ताव अनुमोदन गर्ने, अध्यक्षको प्रतिवेदन पारित गर्ने,लेखापरीक्षण विवरण पारित गर्ने, मर्जर प्रस्ताव पारित गर्ने, डिडिए प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, थप संशोधन गर्न आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने र मर्जर समबन्धि काम कम गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

आदर्श लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । दुवै कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

डिप्रोक्सले आदर्शलाई १:१ को स्वापमा गाभ्न लागेको । आदर्शलाई गाभेपछि बन्ने कम्पनीको नाम डिप्रोक्स लघुवित्त नै कायम रहने छ ।

आदर्श लघुवित्तले साधारणसभा प्रयोजनको लागि फागुन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने डिप्रोक्स लघुवित्तले फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

चितवनमा केन्द्रिय कार्यालय रहेको डिप्रोक्स लघुवित्त २०५७ पौष २८ गतेमा दर्ता भई २०५८ आषाढ १९ गते कारोबार थालेको घ बर्गको लघुवित्त हो भने बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिकामा केन्द्रिय कार्यलय रहेको आदर्श लघुवित्त २०७५ जेष्ठ ९ गतेमा दर्ता भई २०७५ कार्तिक २५ गते कारोबारमा आएको संस्था हो। 




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved