भिजन सेक्यूरिटिजद्वारा कर्मचारीहरुलाई अभिमुखिकरण तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2023 | 09:46:07 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ३४  भिजन सेक्यूरिटिज् प्रा.लिले उपत्यका बाहिर रहेका ९ वटा शाखाका कर्मचारीहरुलाई अभिमुखिकरण तालिमको आयोजना गरेको छ। कम्पनीले फागुन ५ देखि ७ गतेसम्म तालिम प्रदान गरेको हो ।

 सो अवसरमा कम्पनीका आईटी अधिकृत गणेश अधिकारीले साइबर हाइजिन सम्वन्धी जानकारी गराएका थिए भने प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले कार्य विवरण, कार्मचारी एवं ग्राहकहरु संगको समन्वयको विषयमा जानकारी गराएका थिए । भेन्चर क्यापिटलका अध्यक्ष भिम प्रसाद तिमिल्सिनाले शेयर वजार संग सम्वद्ध विषयवस्तुमा तालिम दिएका थिए । 

त्यस्तै मोटिभेसनल स्पिकर  विकास देव योञ्जन तामाङ्गले नेतृत्व विकास, मोटिभेसन्, र टिम वर्कको विषयमा  प्रशिक्षित  गरेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले आफ्नो कम्पनीको कार्य योजना, उद्देश्य, लक्ष्यलाई प्रष्ट पारी कर्मचारीहरु माझ महत्वपुर्ण निर्देशनात्मक भनाईहरु राखेका थिए । मुख्य कार्यालय तथा शाखा कार्यलयहरुवाट उक्त कार्यक्रममा ५५ जना कर्मचारीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ। 

कम्पनीको हाल उपत्यका वहिर वनेपाको चारदोवाटो, भैरहवाको नारायणपथ, कावासोतीको सभापतिचोक, दमौलिको सफासडक, पोखराको विरौटा र वेनीको गणेशटोलमा गरि ६ वटा पुर्ण ब्रोकर सेवा सञ्चालित रहेका शाखाहरु छन् भने ईलामको ईलाम वजार, कैलालीको टिकापुर र कपिलवस्तुको चन्दौटामा नियामक निकायवाट पुर्व स्वीकृति लिई भौतिक संरचना निर्माण गरि सो को जानकारी नियामक निकायलाई दिई सकिएकाले निकट भविष्यमा नै पुर्ण व्रोकर सेवा दिन सकिने गरि शाखाहरु सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved