नाडेप लघुवित्तको साधारणसभा आह्वान, राष्ट्र बैंकले रोकेपछि छैन लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2023 | 09:58:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले चैत्र ८ गते धादिङ स्थित नौबिसे एग्रो रिसोर्टमा आर्थिक वर्ष ७८/७९ को साधारणसभा आह्वान गरेको हो  ।

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन्  । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रास्ताव पेश हुने छ  ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । फागुन १८ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने  छन्  । 

कम्पनीले प्रस्ताव गरेको लाभांश वितरण गर्न राष्ट्र बैंकले रोक लगाएपछि कम्पनीले लाभांश बितरण गर्ने छैन। कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर डिप्रोक्स लघुवित्तसँगको प्राप्ति कार्य सम्पन्न हुन नसकी सैद्धान्तिक सहमति बदर भई अर्को कुनै वित्तीय संस्थासंग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि शेयरहोल्डरहरूलाई दिने लाभांश वितरणमा नेपाल राष्ट्र बैंकबाट प्रतिवन्ध लगाईएकोले प्रस्तावित लाभांश वितरण गर्न नसकिने अवस्था आएको कम्पनीले जनाएको छ। 

कम्पनीको माघ २९ गते दिउँसो ३ बजे बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरिएको लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो।कम्पनीको सञ्चालक समितिको १७७औं बैठकको निर्णयबाट उपरोक्त बमोजिम प्रस्तावित लाभांश रद्द गरेको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved