महालक्ष्मी विकास बैंकले पायो १ अर्बको ऋणपत्र निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 02:13:56 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशनको अनुमति पाएको  छ। नेपाल धितोपत्र बोर्डले गत चैत्र ५ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैंया बराबर अर्थात् १० लाख कित्ता  ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवर बाट र रु.४० करोड बराबरको ऋणपत्र अर्थात् ४ लाख कित्ता सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । १० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ।  

कम्पनीले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved