ईङवा हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 08:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

ईङवा हाइड्रोपावर लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज चैत्र २० गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २१ गतेदेखि ताप्लेजुङ र पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले ताप्लेजुङ र पाँचथरका आयोजना प्रभावित स्थानीयको लागि ६ लाख कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वडा नम्बर ३ का स्थानीय र पाँचथर जिल्लाको याङवरक गाउपालिका वडा नम्बर २ र ३ का स्थानीयले मात्र आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

 कम्पनीले १ लाख २० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिसकेको छ ।  स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।कम्पनीलाई नेपाल धितोपत्र बोर्डले फागुन २ गते आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले  आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १८ लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको हो । 

 ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved