महालक्ष्मी विकास बैंकले चैत्र २९ देखि ऋणपत्र निष्काशन गर्ने, ११ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 09:03:19 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक लिमिटेडले चैत्र २९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु.१००० दरले कुल १ अर्ब रुपैंया बराबर अर्थात् १० लाख कित्ता  ऋणपत्र बिक्री गर्न लागेको हो ।

 उक्त ऋणपत्र मध्ये रु. ६० करोड रकम बराबरको ऋणपत्र अर्थात् ६ लाख कित्ता व्यक्तिगत तवर बाट र रु.४० करोड बराबरको ऋणपत्र अर्थात् ४ लाख कित्ता सर्वसाधारण नेपालीहरुमा सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ । सर्वसाधारणलाई निष्काशन हुने ६ लाख कित्ता मध्ये २० हजार ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । 

यस ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज प्रदान गरिने बैंकले जनाएको छ।  

नेपाल धितोपत्र बोर्डले गत चैत्र ५ गते बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको हो । कम्पनीले ऋणपत्र निष्काशको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved