युनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2023 | 03:07:27 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ९औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । कम्पनीको कार्यालय हेरिटेज प्लाजामा भर्चुअल माध्यमबाट भएको सधारणसभाले सामान्य प्रस्ताव र विशेष प्रस्ताव पारित गरेको छ ।

कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०७८÷०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (कर बाहेक) तथा ०.३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश पारित गरेको हो । त्यसैगरी सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गर्नुको साथै २०७९÷०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

 सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभामा बोल्ने अधिकांश सेयरधनीहरुले यस्तो आर्थिक मन्त्रीमा भर्चुअल माध्यमबाट साधारणसभा गरी कम्पनीको खर्च कटौति गरेकोमा सञचालक समितिलाई विशेष धन्यवाद दिएका थिए । आधा दर्जन भन्दा बढी सेयरधनीहरुले सभामा आफ्नो भनाई राखेका थिए । सभाले बोल्न सेयरधनीहरुले लाभांश दिएकोमा धन्यवाद दिँदै अगामी आर्थिक वर्षहरुमा लाभांश बढाउन आग्रह सेमत गरेका छन् ।

सेयरधनीको प्रश्नको जवाफ दिँदै कम्पनीका अध्यक्ष  पन्तले आगमि दिनमा सेयरधनीलाई लाभांश बढाउने कार्यमा आफू र आफ्नो टिम लागि पर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved