२ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको घलेम्दी हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 08:48:14 AM मा प्रकाशित

laxmi  sunrise bank

घलेम्दी हाइड्रोले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १६ गते सासा ब्याक्वेट नयाँ बजारमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

कम्पनीको सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्तावहरु:

१.  सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व. २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव

१. कम्पनीको १:२ हकप्रद सेयर निस्काशन गरी छुजुङ्ग खोला जलविद्युत आयोजनामा ६३ मे. वा. (PRoR) लगानी गर्ने संचालक समितिको निर्णय अनुमोदन गर्ने ।

२.हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी संचालन समितिलाई अख्तियारी प्रदान गर्ने ।

३. कम्पनीको पूँजी वृद्धि गर्ने ।


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved