प्रभु क्यापिटलले सेन्चुरी क्यापिटललाई प्राप्ति गरेपछि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 08:49:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल र सेन्चुरी क्यापिटल मर्ज हुने भएका छन् । प्रभु बैंकले सेन्चुरी कमर्शियल बैंकलाई प्राप्ति गरेसँगै उनीहरुको सहायक कम्पनीको रुपमा रहेका यी २ क्यापिटल पनि मर्ज हुने भएका हुन् ।

प्रभु क्यापिटलले १:१ को अनुपातमा सेन्चुरी क्यापिटललाई प्राप्ति गर्ने भएको हो । दुवै कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न बैशाख ९ गते विशेष साधारणसभा आह्वान गरेका छन् । प्रभु क्यापिटलको साधारणसभा रोयम संगी होटेलमा हुने छ भने सेन्चुरी क्यापिटलको साधारणसभा आफ्नै कार्यालयमा हुने छ ।

दुवै कम्पनीको विशेष साधारणसभामा मर्जर तथा प्राप्ति सम्बन्धि संचालक समितिको प्रतिवेदन पारित गर्ने, मर्जर तथा प्राप्तिको लागि हालसम्म भएका निर्णय अनुमोदन गर्ने, डिडिए रेपोर्का आधारमा तय गरिएको १:१ को स्वाप अनुमोदन गर्ने, तथा मर्जरको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।

त्यस्तै प्रभु क्यापिटलको सभामा थप प्रस्तावका रुपमा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक भएमा सो को लागि संचालक समितिलाई अख्तियार दिने प्रस्ताव पेश हुने छ । त्यस्तै सेन्चुरी क्यापिटललाई प्राप्ति गरेपछि प्रभु क्यापिटलले ऐपिओ समेत निष्काशन गर्ने भएको छ। आईपिओ सम्बन्धि प्रस्ताव पनि सभामा पेश हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved