दोल्ती पावर कम्पनीको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 09:10:37 AM मा प्रकाशित

laxmi  sunrise bank

दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज वैशाख ३ गते अन्तिम दिन रहेको छ  । कम्पनीले चैत्र २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो

कम्पनीले सर्वसाधारणलाई १२ लाख ७१ हजार ८ सय ८६  कित्ता शेयर निष्काशन गरेको हो ।  यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।   

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक, र कम्पनीका कर्मचारीमा शेयर बाँडफाँड गरिसकेको जनाएको छ। सामुहिक लगानी कोष योजनाको लागि भने ६८ हजार १७ कित्ता शेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ । शेयर निष्काशनको लागी एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७६ पुस ८ गतेदेखि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved