प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिन्छ भूगोल इनर्जिको आइपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 02:53:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ ।   प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।  जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो । ति मध्ये ११ लाख ५३ हजार ५ सय ८३ जनाको आवेदन मात्र भेरिफाई भएको क्यापिटलले जनाएको छ ।  जस मध्ये पनि योग्य आवेदकको संख्या ११ लाख ४९ हजार १ सय ५१ रहेको क्यापिटलले जनाएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ ।  गोलाप्रथाबाट १ लाख ३४ हजार ६ सय ९९ जनाले शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ताको दरले शेयर पाएका छन् भने १ लाख ३४ हजार ९६ जनाले १० कित्ताको दरले शेयर पाएका छन्। कम्पनीले चैत्र २३ गतेदेखि चैत्र २७ गतेसम्म आईपिओ बिक्री गरेको थियो । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । यस कम्पनीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved