पटके शब्दको सट्टामा प्राकृतिक व्यक्ति राख्ने सहमति, लगानीकर्ता भन्छन् 'आज अर्को सूचना आउँछ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2023 | 06:06:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले बुधबार जारी सूचनाले थप अन्योल सृजना भएपछि आज बिहिबार शेयर लगानीकर्ताका ३ वटा संगठनले आन्तरिक राजस्व विभागका महानिर्देशकसंग छलफल गरेका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुंजीबजार लगानीकर्ता संघले आज विभागका महानिर्देशक दीर्घराज मैनाली र विभागका कर अधिकृतहरुसँग छलफल गरेका हुन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार हिजो विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको 'पटके' भन्ने शब्दको स्थानमा प्राकृतिक व्यक्ति राखिने सहमति भएको छ।  आज नै प्राकृतिक व्यक्तिको हकमा ५ प्रतिशत र ७.५ प्रतिशत अन्तिम कर हो भनि प्रष्ट पार्ने विज्ञप्ति विभागले जारी गर्ने सहमति भएको उनीहरुले बताएका छन्  । 

आज नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल,  शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष ताराप्रसाद फुल्लेल , नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल लगायतले विभागका महानिर्देशकसंग छलफल गरेका हुन्। 

बुधबार विभागले नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको जनाएको थियो। विभागका अनुसार त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन  गरिएको छैन।

विभागको सूचनामा भनिएको थियो 'नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ। त्यस्तो कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवं सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ।'

तर कस्ता लगानीकर्ता नियमित र कस्ता लगानीकर्ता पटके भन्नेबारे थप अन्योल भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved