अर्थ मन्त्रालय र लगानीकर्ताबीच भएको सहमतिपत्रमा क-कसले गरे हस्ताक्षर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2023 | 12:42:16 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्दोलनरत सेयर लगानीकर्ताको माग सम्बोधन भएको छ। नेपाल धितोपत्र बोर्डको सहजीकरणमा अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा आन्दोलनरत लगानिकर्ताको माग सम्बोधन भएको हो। 

माग सम्बोधन भएसँगै सेयर कारोबार सुचारु भएको छ। सेयर लगानीकर्ताले उठाएका माग नै सम्बोधन हुनेगरि सहमति तथा सम्झौता भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बिजपाटीलाई बताए। 

पुंजीगत लाभकर नै अन्तिम रहेको विषयमा भएको सहमतिको लिखित मस्यौदामा लगानीकर्ताको तर्फबाट र सरकारको तर्फबाट हस्ताक्षर भएको छ। उक्त सहमतीपत्रमा अर्थमन्त्रालयको तर्फबाट राजश्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव रितेश कुमार शाक्यले हस्ताक्षर गरेका छन्। भने लगानीकर्ताको तर्फबाट तिलक कोइराला, तुलसीराम ढकाल, तारा प्रसाद फुल्लेल, नानि बाबु खरेल र राधा पोखरेलले हस्ताक्षर गरेका छन्। 

उक्त सहमती अर्थमन्त्री डा प्रकाशशरण महत, अर्थसचिव अर्जुन प्रसाद पोखरेल, राजश्व सचिव डा. राम प्रसाद घिमिरे, आन्तरिक राजश्व विभागका महानिर्देशक दिर्घराज मैनाली, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको उपस्थितिमा भएको हो। 

सेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर नै अन्तिम कर मानिएको तर यसमा भाषागत बुझाई फरक रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताएका थिए।  यसमा कुनै द्विविधा नहुनलाई आग्रह गर्दै उनी लिखित सहमति गर्न तयार भएका हुन् । 

आर्थिक विधेयक २०८० मा सेयर तथा घरजग्गा कारोबारिलाई पनि करको दायरामा ल्याउने व्यवस्था गरीएपछि विवाद सुरु भएको थियो। अब भने शेयर लगानीकर्तालाई ५ प्रतिशत वा ७.५ प्रतिशतको लाभकर नै अन्तिम हो भनी सहमति भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved