श्रृजनशील लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 09:37:55 AM मा प्रकाशित

laxmi  sunrise bank

 श्रृजनशील लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १५ गते शुक्रबार सिरह स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु ।

साधारण प्रस्ताव

१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्त सम्मको वासलात, आ.व. ०७८/०७९ को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसुचीहरु पारित गर्ने सम्बन्धमा ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आ.व. ०७९/०८० को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. वित्तीय सस्थामा रिक्त रहेको सञ्चालक सदस्यमा संस्थापक शेयरधनीको तर्फबाट मनोनयन गर्ने सम्बन्धमा ।

५ . यस वित्तीय संस्थामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको छनौट गर्ने सम्बन्धमा ।

६. विविध,

विशेष प्रस्तावहरू :

१. नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धित्तोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायहरुबाट प्रबन्ध पत्र तथा नियमावलीमा भएका संशोधन / थप उपर नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा, सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने सम्बन्धमा ।

२. कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (Merger ) तथा प्राप्ती / समाहित (Acquisition) हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मूल्याङ्कन (Due Diligence Audit) गर्न, परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु सँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved