महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, मर्जर प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2023 | 03:20:15 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ बार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न भएको छ। अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको बर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । सभाले अध्यक्ष द्धारा प्रस्तुत बार्षिक प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गरेको छ।

साधारण सभामा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने, गाभे पछि कम्पनीको नाम “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” कायम हुने, दुबै कम्पनीको शेयर अनुपात १:१ कायम गरी गाभ्ने / गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा/ गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परिक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved