आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 11, 2023 | 10:26:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला जलविद्युत कम्पनीले साधारणसभा आह्वान गरेकोछ । कम्पनीले असार २२ गते नयाँ बानेश्वर स्थित अर्पण ब्यांक्वेटमा सभा आह्वान गरेका हुन् ।

सभामा हकप्रद निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:
साधारण प्रस्ताव 

१. अध्यक्ष ज्यूको आ. व. २०७८ / ०७९ को वार्षिक प्रगति प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आ.व. २०७८ / ०७९ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

३. आगामी आ.व. २०७९ / ०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निधारण गर्ने।


विशेष प्रस्तावहरु

१ श्री गणेश हिमाल हाइड्रोपावर प्रा. लि. ले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको सम्झौता अनुमोदन गर्ने ।

२ श्री गणेश हिमाल हाइड्रोपावर प्रा.लि.ले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला-२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न र बैक ऋण भुक्तानीको लागि यस कम्पनीले १.१.५ को हकप्रद शेयर निष्काशन गर्ने ।

३. हकप्रद शेयर निष्काशनको लागि कम्पनीको पूँजीगत संरचनामा वृद्धि गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved