नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, मर्जरको अख्तियारी दिने विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2023 | 08:32:53 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १९ गते सौराहाको होटेल मोनालिसामा आ.व. २०७८/०७९ को सभा आह्वान गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षज्युको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने  । 

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल असार मसान्तको वितीय विवरण, सोही मितिमा पेश भएको आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब विवरण, नगद प्रबाह विवरण, इक्वीटिमा भएको परिवर्तनको विवरण र सो सँग सम्बधित अनूसुचीहरु सहितको वित्तीय विवरणहरु पारित गर्ने ।

३. लेखापरिक्षण समितिको सिफारीसमा बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न बाह्य लेखापरिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संचालकहरुको मनोनयन / निर्वाचन गर्ने।

५. विविध ।

बिशेष प्रस्तावहरु :

१. यस नारायणी डेभलपमेण्ट बैंक लिमिटेड र अन्य बैंक तथा वित्तीय संस्था (Acquisition) हुने, रणनीतिक साझेदार, नयाँ लगानीकर्ता भित्र्याउने प्रयोज
आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति / समाहित जनका लागि उपयुक्त बैंक वित्तीय संस्था, साझेदार, लगानीकर्ताको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मुल्याकन (Duc Diligence Audit) गर्ने परामर्शदाता, मुल्याकंनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने तथा उक्त कार्यसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने ।

२. कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने सम्बन्धमा कम्पनीको आवश्यकता अनुसार तथा नियमनकारी निकायहरुवाट कुनै फेरवदल, सुझाव भएमा सोही अनुसार आवश्यक फेरवदल गर्न संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिन स्वीकृती दिने ।

३. विविध ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved