नेप्सेमा रिपब्लिक मिडिया र आईएमई लाइफको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 12:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल रिपब्लिक मिडिया लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओ सुचिकृत भएको छ। आज बिहिबार दुवै कम्पनीको शेयर सुचिकृत भएको हो ।

आज नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कितात शेयर सुचिकृत भएको हो । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड कितात शेयर सुचिकृत भएको हो ।

आज बिहिबार शेयर सुचिकृत भएसंगै आगामी आइतबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ । आईतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले  नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबारको लागि ८४ रुपैयाँ ४७ पैसा देखि २५३ रुपैयाँ ४१ पैसासम्मको सुरुवाती रेन्ज तोकेको छ । त्यस्तै आईएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबारको लागि १७६ रुपैयाँ ७३ पैसा देखि ५२९ रुपैयाँ २९ पैसासम्मको रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ ।

नेपाल रिपब्लिक मिडियाको NRM  सिम्बल बाट कारोबार हुने छ भने आईएमई लाइफ इन्स्योरेन्सको ILI सिम्बलबाट कारोबार हुने छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved