चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ बिक्री खुला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 08:52:43 AM मा प्रकाशित

laxmi  sunrise bank

चिरख्वा हाइड्रोपावर  लिमिटेडले साउन २८ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले साउन २८ गतेदेखि आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा शेयर निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ४ लाख  कित्ता शेयर निष्काशन गर्ने छ भने श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ८० हजार कित्ता शेयर निष्काशन गर्ने छ। 

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  स्थानीयले छिटोमा भदौ १०  गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने भदौ १० गतेसम्म मात्र आवेदन दिन सकने छन् । उनीहरुले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  ।

शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved