यी ३ तरिकाबाट हेर्न सकिन्छ अपर लोहोरे हाइड्रोको आईपीओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2023 | 05:24:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर लोहोरे हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईएसी एशिया क्यापिटलले सोमबार साँझ  बत्तीसपुतलीमा शेयर बाँडफाँड गरेको हो । 

कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईसी क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ६१ हजार १ सय ५४ जनाको आवेदन परेकोमा १२ लाख ८३ हजार ५ सय ९६ जनाको आवेदन मात्र योग्य भएको छ  । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ८३ हजार ५ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ  

जस अनुसार १ लाख ९५ हजार ३ सय २७ जनाले मात्र शेयर पाएका छन्  । यी मध्ये ९ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन्  ।

कम्पनीले  साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १९ लाख ५३ हजार २ सय ७९ कित्ता शेयर निष्काशन गरेको हो ।

 कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

 कम्पनीले कर्णाली प्रदेशको दैलेख जिल्लामा ४ मेगावाट क्षमताको अपर लोहोरे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २३ करोड ६८ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved