रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ७५ सय जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 05:39:10 PM मा प्रकाशित

laxmi  sunrise bank
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिभिल क्यापिटलले साउन ३१ गते बुधबार साँझ शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको आवेदन परेको थियो । जस मध्ये १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र शेयर पाउनको लागि योग्य भएको छ । यस हिसाबमा आवेदन दिएका मध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ५६ हजार ८ सय ३६ जना आवेदकलाई सहभागी गराएर गोलाप्रथा मार्फत शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ९ लाख ६० हजार जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् । 

आईपीओकावा नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिन्छ । जस अनुसार बिक्रि प्रबन्धक sibhil क्यापिटलको वेबसाइट https://www.civilcapitalmarket.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले साउन २३ देखि साउन २६ गतेसम्म  सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो ।  कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २५७ रुपैयाँमा शेयर निष्काशन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved