सिद्धार्थ क्यापिटलले संचालन गरेको म्युचुअल फण्डद्वारा लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 10:25:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ क्यापिटल संचालन गरेका सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ।  योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको साउन ३२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लागि लाभांश घोषणा गरेको हो । 

जस अनुसार सिद्धार्थ इक्विटी फण्डले इकाईधनीहरुलाई ५ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ। त्यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २  इकाईधनीहरुलाई ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ। लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि सर्वजनिक गरेको क्यापिटलले जनाएको छ । 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले भने लाभांश वितरण नगर्ने भएको छ । 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved