सिड इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 02:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सिड इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एनएमबी क्यापिटलसंग बिक्री प्रबन्धक तथा परामर्श सेवाको लागि सम्झौता गरेको छ।

सम्झौतामा सिड इनर्जीको तर्फबाट अध्यक्ष पंकज चन्द्र श्रेष्ठ र एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश वैद्यले हस्ताक्षर गरेका छन् । 

सिड इनर्जी लिमिटेड इन्भेष्टमेन्ट कम्पनी हो । सिड इनर्जी लिमिटेडलाई  सिड इन्भेष्टमेन्टमेन्ट प्राइभेट लिमिटेडले व्यवस्थापन तथा प्रबर्दन गेको छ  ।

सिड इनर्जी लिमिटेडले जलविद्युत, पूर्वाधार, होटेल , उत्पादन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।  कम्पनीले विन्ध्यवासिनी हाइड्रो, होटेल ठमेल, एरो ब्रिक्स लगायतका कम्पनीमा लगानी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved