मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड, ५ हजार जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2023 | 05:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो 

क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख १६ हजार ५ सय २९ जनाको आवेदन परेकोमा १३ लाख ११ हजार ५ सय १७ जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबमा ५ हजार १२ जनाको आवेदन रद्द भएको छ । 

 योग्य रहेका १३ लाख ११ हजार ५ सय १७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार गोलाप्रथानर्फत २ लाख २७ हजार ६ सय ६२ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । 

 कम्पनीले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणलाई २२ लाख ७६ हजार ६ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । 

 मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।  आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved