मिड सोलु हाईड्रोले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2023 | 06:05:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मिड सोलु हाईड्रोपावर लिमिटेडले श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि साउन १४ देखि साउन २८ सम्म ७४ हजार ८ सय ४० कित्ता शेयर निष्काशन गरेको थियो। 

क्यापिटलका अनुसार आईपीओमा ३१,५२२ जना आवेदकहरुबाट ७,०४,२०० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको थियो । सो मध्ये सम्बन्धित सि- आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १,८६७ जना आवेदकहरुबाट ५८,६४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरिएको र बाँकी रहेका जम्मा २९,६५५ जना आवेदकहरुबाट ६, ४५, ५६० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको क्यापिटलले जनाएको छ।

प्राप्त आवेदनहरु रुजु गर्दा ७ जना आवेदकबाट २६० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक आवेदन प्राप्त जम्मा २९,६४१ जना आवेदकहरुबाट ६, ४५,३०० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको क्यापिटलले उल्लेख गरेको छ । जस अनुसार १० कित्ता देखि ३,००० कित्ता सम्म शेयर खरिद आवेदन गर्ने ७,४८४ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा ७४,८४० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

आईपीओको नतिजा क्यापिटलको वेभसाईट www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट www.iporesult.cdsc.com.np वा meroshare.cdsc.com.np बाट हेर्न सकिने छ।

कम्पनीले सोलुखुम्बु जिल्लाको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण समपन्न गरि २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। आयोजना प्रति मेगावाट लागत २१ करोड ९३ लाख रहेको छ भने कुल लागत २ अर्ब ८ करोड रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved